काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सि जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् ।
दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्ल्ेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन् ।
सोमबार काठमाडौंको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरु खुशी भएमात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुशी हुन जरुरी रहेको बताए । उनले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गरे ।
प्रमुख लिउले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेपाली बालबालिकाहरुलाई चीनमा भ्रमणका लागि जान पनि आग्रह गरे । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकालाई स्वागत गर्न पाए आफू झनै खुशी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरुसँग भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गरे।
कार्यक्रममा उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी स्वच्छ उर्जा व्यापारमा सहकार्य हुने विश्वास राखेको बताइन् । उनले लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलश्रोत र खेलकुदमा सहयोग गरिरहेको स्पष्ट पारिन् । मन्त्री भुसालले सरकारी तवरबाट सुनकोशी जलविद्युत आयोजनामा सहयोग गरेपछिका दिनमा अहिल विभिन्न निजी स्तरमा सहयोग कार्य गरिरहेको उल्लेख गरिन्।
मन्त्री भुसालले चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताइन्। उनले चीनले नेपालको औद्योगिकरण र आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने विश्वास लिएको पनि बताइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया