कांग्रेस महाधिवेशन : सोमबार राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

विज्ञप्तिमा तोकिएको समयभित्र केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनसम्बन्धी विस्तृत कार्यक्रम भने पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।

मनोनयन दर्ताको मिति तय भएसँगै सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ । कांग्रेसमा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रमसमेत जारी छ ।

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र मनोनयनपत्र दर्ता गर्न सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?