काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिने भएकी छिन् । मन्त्री झाँक्रीले केहीबेरमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेकी हुन् ।
झाँक्री मन्त्रिमण्डल हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयपछि असन्तुष्ट देखिएकी थिइन् ।
यसअघि असन्तुष्ट रहेका संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राजीनामा दिएका छन् । भने अन्य २ मन्त्रीले भने राजीनामा दिन बाँकी रहेको छ ।
हाल एकीकृत समाजवादीबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सामेल रहेका छन् । एसले हाल रहेका मन्त्रीहरुलाई हटाउँदै अन्य अन्य ४ जनालाई मन्त्रीको रुपमा पठाउने भएसँगै पार्टीभित्र असन्तुष्टि बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया