‘कथा काठमाडौं’ को गीतमा धूलोमाण्डु (भिडियो)

काठमाडौं । चलचित्र ‘कथा काठमाडौं’ को गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा काठमाडौंको धूलो र विभिन्न विकृतिलाई चर्चा गरिएको छ । गीतमा हरिवंश आचार्यको आवाज रहेको छ भने बुलेट फ्लो फिचरिङमा छन् ।

साथै गीतमा बुलेट फ्लो भनेर चिनिने सुरज विक्रम थापाको शब्द तथा संगीत रहेको छ ।

यो फिल्मलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् भने लेखन पनि निर्देशक श्रेष्ठकै छ । यस्तै फिल्मलाई विजय राईले निर्माण गरेका हुन् ।

आयुष्मान देशराज जोशी, संजोग कोइराला, प्रियंका कार्की, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरी लगायतका कलाकारले अभिनय गरेको यो फिल्म असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?