काठमाडौं । विदेशी मुद्राको सञ्चितीमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१ दशमलव एक प्रतिशतले कमी आइ नौं अर्ब २८ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८ दशमलव तीन प्रतिशतले कमी आई १० खर्ब १७ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था अर्थात नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६ दशमलव एक प्रतिशतले कमी आई एक खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ । २०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ दशमलव एक प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना ३४ दिनको वस्तु आयात र छ महिना ५७ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया