चितवनमा सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु

लोकपथ
133
Shares

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारीसाधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरूष रहेका छन् । मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् ।

नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो ।

दुर्घटना गराई फरार रहेका चालकसहित सवारीसाधनको खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?