हरिजनको मृत्युबारे छानबिन गर्न गृहले बनायो समिति

लोकपथ
63
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले रोल्पा कारागारमा मृत्यु भएका सुन्दर हरिजनको मृत्युका बारेमा छानबिन गर्न समिति गठन गरेका छन् ।

जेठ ४ गते कारागारमा मृत्यु भएका हरिजनको मृत्युबारे स्थलगत रुपमा छानविन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव सुर्यप्रसाद सेडाईको नेतृत्वमा समिति गठन गरिएको हो ।

मंगलबार सांसदले त्यसबारे आवाज उठाएपछि गृहमन्त्री खाँणले सहसचिव सेडाईको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका हुन् । उक्त समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक विश्वमणी आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रहेका छन् ।

त्यसैगरी उक्त समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न समेत मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?