जापानमा पहिलोपटक ‘सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’, बाढीपीडितलाई सहयोग जुटाइने

लोकपथ
0
Shares

काठमाडौं । जापानमा पहिलोपटक ‘सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ हुने भएको छ ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, बाढी पीडितका लागि हाम्रो अभियान’ नाम दिइएको कार्यक्रम आगामी अक्टोबर ११ र १२ मा हुन लागेको हो ।

अक्टोबर ११ मा राजधानी शहर टोकियो र अक्टोबर १२ मा अर्को शहर ओशाकामा कार्यक्रम हुन लागेको हो ।

उक्त कार्यक्रममा गायक चक्र जोशी र गायिका रेखा जोशीको विशेष प्रस्तुतीसहित अन्य कार्यक्रम हुनेछ ।

गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरुको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?