काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै ‘स्वावलम्बन कर्जा’ नामक डिजिटल कर्जा सुविधा सुरु गरेका छन् ।
काठमाडौंस्थित भिभान्तामा आयोजित कार्यक्रममा उक्त कर्जा सुविधा सार्वजनिक गरिएको हो । यस सुविधामार्फत योग्य व्यक्तिले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
‘स्वावलम्बन कर्जा’ अन्तर्गत १० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०।७५ प्रतिशत तोकिएको छ ।
कर्जा लिन इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको र कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको हुनुपर्नेछ । साथै, आवेदकको तलब वा व्यवसायबाट नियमित आम्दानी हुनुपर्नेछ ।
योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन दिन सक्नेछन् । यसबाट बैंकसम्म पुग्नुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल प्रविधिमार्फत अपाङ्गता भएका व्यक्तिको कर्जामा पहुँच सहज बनाउन सुविधा सुरु गरिएको बताए । सिटिजन्स बैंकका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले यस सहकार्यले अपाङ्गता भएका व्यक्तिको औपचारिक कर्जामा पहुँच विस्तार गर्न सहयोग पुग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया