भारतीय नागरिकले अर्धठोस बनाइ अण्डरवेयरभित्र लुकाएका थिए आधा केजी सुन

लोकपथ
161
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा केजी सुनसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले भारतीय नागरिक मोहम्मद चेरा थोडीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनी संयुक्त अरब इमिरेट्सबाट फ्लाई दुबईको उडान नं FZ573 मार्फत् आजै १२ः३२ मा नेपाल ओर्लिएका थिए । राहदानी नम्बर T3456050 भएका उनीमाथि शंका लागेर चेकजाँच गरिएको थियो । सो क्रममा उनले आफ्नो भित्री वश्त्र अण्डरवेयरमा अन्दाजी ५३५ ग्राम (आधा केजी ३५ ग्राम) अर्धठोस अवस्थामा लुकाई राखेको सुन फेला परेको थियो ।

उक्त सुन बरामद गरी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

यो पनि…

आधा किलो बढी सुनसहित विमानस्थल क्षेत्रबाट भारतीय नागरिक पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?