सानिमा मिडल तमोर हाइड्रोपावरले घोषणा गर्‍यो ५.२६ प्रतिशत नगद लाभांश

लोकपथ
35
Shares

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ३० गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ ।

बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनीले प्रस्तावित नगद लाभांश प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?