काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बनेपाको नालाबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआर्इबी) का अनुसार रामेछाप सुनापाती गा.पा. वडा नं. ५ स्थायी वतन भई हाल जिल्ला भक्तपुर, भक्तपुर न.पा. वडा नं. ८, लिवाली बस्ने कृष्णभक्त मानन्धरले बैंकिङ कसुर मुद्धामा सोमबार पक्राउ गरिएको हो ।
मानन्धरले २०७७ मंसिर १८ गते एनआइसी एसिया र माछापुच्छ्रे बैंकमा रहेको निजको खाताहरुबाट रकम भुक्तान हुने भनी उक्त वैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले वैंकिङ् कसूर मुद्दामा २०७८ पुस २ गते फैसला गरेको थियो । सो अनुसार प्रतिवादी मानन्धरलाई वैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा तीन दिन कैद र नौं लाख ५० हजार रुपैंयाँ जरिवाना हुने ठहर गरेको थियो ।
त्यसपछि फरार रहेका मानन्धरलाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले बनेपाको नालाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ लगत्तै फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेको सिआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया