काठमाडौं । यातायात व्यवस्था विभागले आज साँझदेखि सवारी लाइसेन्स अनलाइन आवेदन खुलाउने भएको छ ।
विभागले (सोमबार) बेलुकी ६ बजेदेखि नयाँ प्रणालीसहित लाइसेन्स अनलाइन आवेदन खुलाउने भएको हो ।
सवारीचालक अनुमतिपत्रका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरी नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु गरिने विभागले जनाएको छ । आवेदन फारम भर्नका लागि applydi.dotm.gov.np मा लागइन गरी त्यहाँ दिएको विवरण भर्नुपर्नेछ ।
त्यस्तै, वर्ग थपको लागि भने अर्को हप्ता सोमबारबाट खुला गरिने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया