महोत्तरी । लागुपदार्थ दुर्व्यसन नियन्त्रण र न्युनिकरण गर्न महोत्तरीमा स्वतन्त्र युवा अभियन्ता समूह निर्माण भएको छ ।
‘युवा अभियान – सधैँको लागि सबैका लागि’ भन्ने उद्देश्यसहित समूह गठन भएको हो ।
समूहले लागुऔषध दुर्व्यसनको कुलतमा फसेका युवालाई मुक्त बनाउन र यसलाई नियन्त्रण र न्यूनीकरण गर्न अभियान चलाउनेछ ।
बढ्दो लागुपदार्थका घटनाहरूले सामाजिक र पारिवारिक समस्या बढी रहेको विषयलाई मध्यनजर गर्दै युवा अभियानको लागि वैचारिक छलफल सुरु भइसकेको युवा अभियन्ता निरज अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया