साउनसम्म सिंहदरबार क्षेत्रबाट ग्यास हटाउने सरकारको लक्ष्य

लोकपथ
210
Shares

काठमाडौं । सरकारले आगामी साउनसम्म सिंहदरबार क्षेत्रमा ग्यासलाई हटाउने लक्ष्य राखेको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको साउन महिनाभित्र सिंहदरबार क्षेत्रबाट ग्यास हटाइ विद्युतीय चुलोलाई प्राथमिकता दिने जानकारी दिए ।

त्यसैगरी आगामी आर्थक वर्षमा उर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?