काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न सहरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
बैंकका अनुसार कोसी प्रदेशको विराटनगरमा कार्तिक १५ गते रक्तदान कार्यक्रम हुनेछ । त्यस्तै, काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, मधेस प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल, घोराही र महेन्द्रनगरमा कार्तिक १८ गते कार्यक्रम आयोजना गरिनेछ ।
काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा रगतको अभाव देखिएकाले त्यसलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
यसैबीच, बैंकले वार्षिकोत्सवकै अवसरमा छैटौँ अन्तर बैंक तथा वित्तीय संस्था स्तरीय फुटसल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।
कार्तिक १४ र १५ गते काठमाडौंको धन्यन्तरी फुटसल कोर्टमा हुने प्रतियोगितामा आर्थिक पत्रकारहरूको संगठन सेजन, नाफिज र इमानसहित ३० वटा अन्य बैंक तथा वित्तीय संस्थाका टोली सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया