देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

लोकपथ
217
Shares

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-१ ओखलढुङ्गा बस्ने ८१ वर्षीय लिला बहादुर पुन सोही ठाउँस्थित चिहानकोल भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । घरबाट आफूखुसी हिँडी विगत ५ दिनदेखि हराइ रहेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

चितवनको भरतपुर महानगरपालिका-११ केबी लाईनस्थित धादिङ गजुरी गाउँपालिका-२ च्याङ्वास घर भएका ५१ वर्षीय राज कुमार पाण्डे बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका-५ सुन्दरबस्तीस्थित सेउती खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?