कांग्रेसले भन्यो : ‘निर्वाचनको परिणामले संघ र प्रदेशमा गठबन्धन गरेर जाने आधार तयार भयो’

लोकपथ
231
Shares

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनका कारण आएको निर्वाचनको परिणामप्रति पार्टी सन्तुष्ट रहेको बताएका छन् ।
निर्वाचनको परिणामबारे जानकारी दिन आज पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म जाने समेत बताए ।

उनले सबै दलहरु गठबन्धनबाट सन्तुष्ट रहेको बताउँदै यसले संघ र प्रदेशको निर्वाचनमा जाने आधार तयार गरेको समेत बताए ।

‘समग्रमा गठबन्धनको नेतृत्व समेत खुसी छ भन्ने मलाई लागेको छ । र नेपाली कांग्रेस पार्टी पनि जुन रुपमा परिणाम आयो त्यसमा सन्तुष्ट छाँै । यसले चाँही समग्रमा आउने दिनमा राष्ट्रिय निर्वाचनमा प्रदेशको निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार पनि यो स्थानीय तहको निर्वाचनको परिणामले सुनिश्चित गरेको छ ।’ उनले भने ।

त्यसैगरी आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्ने बताउँदै प्रवक्ता महतले त्यही अनुसार काम गर्ने समेत बताए । साथै देशभर गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?