गठबन्धनले कांग्रेस फाइदामा : कुन पार्टीले कति स्थानमा जिते ?

लोकपथ
350
Shares

काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहमा सबैभन्दा बढी स्थानमा जित हासिल गरेर नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

हालसम्म ३२० स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । भने ६ स्थानमा जित हासिल गरेको छ । त्यसो त उपपमुखमा २९५ स्थानमा जित हासिल गरेको छ । भने ५ स्थानमा अग्रता कायम गरेको छ । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले २६६ स्थानीय तहमा जित हासिल गरेको थियो । तर गत निर्वाचनमा सत्तारुढ अन्य दलसँग तालमेल गरेर अघि बढेका कारण कांग्रेसले स्थानीय तहमा सिट संख्या बढेको बताइएको छ ।

यता ०७४ को निर्वाचनमा २८४ स्थानीय तहमा जित हासिल गर्दै पहिलो बनेको नेकपा एमाले पहिले भन्दा खुम्चिएको छ । हालसम्म नेकपा एमालेले १९९ स्थानीय तहमा जित हासिल गरेको छ भने ६ स्थानमा अग्रता कायम गरेको छ । यता उपप्रमुखमा २२८ स्थानीय तहमा जित हासिल गर्दै १२ स्थानमा अग्रता कायम गरेको छ । गत निर्वाचनमा नेकपा एमालेभित्रको विभाजन, सत्तारुढ गठबन्धन र पार्टीले उपयुक्त उम्मेदवार छान्न नसक्दा सिट संख्यामा घाटा परेको हो ।

त्यसैगरी ५ दलीय गठबन्धनमा आवद्ध भइ निर्वाचनमा होमिएको दल नेकपा माओवादी केन्द्रले हालसम्म १२० स्थानीय तहमा जित हासिल गरेको छ । भने २ स्थानमा अग्रता कायम गरेको छ । उता उपप्रमुखमा १२६ स्थानीय तहमा जित हासिल गरेको छ । भने उपप्रमुख कुनैपनि अग्रता देखिएको छैन ।

त्यसो त गठबन्धनमा आवद्ध दल जनता समाजवादीले हालसम्म देशमा २९ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम गरेको छ । भने उपप्रमुखमा ३० स्थानीय तहमा जित हासिल गर्दै २ स्थानीय तहमा अग्रता कायम गरेको छ ।
त्यस्तै गठबन्धनमा आवद्ध एकीकृत समाजवादीले हालसम्म १७ स्थानीय तहमा जित हासिल गर्दै २ स्थानमा अग्रता कायम गरेको छ । यता उपप्रमुखमा २१ स्थानमा जितेको छ भने २ स्थानीय तहमा अग्रता कायम गरेको छ ।

गठबन्धनमा आवद्ध भएको एकीकृत समाजवादीले आफूहरुलाई अन्य राजनीतिक दलले मत नहालेको भन्दै असन्तुष्टी जनाइरहेको छ ।
यता साना तिना दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा एमालेले मत नपाए पनि जनमत यथावत रहेको दाबी गर्दै आइरहेको छ । गठबन्धन र आन्तरिक कारणले यसअघि किल्ला भनिएका स्थानहरुमा हार बेहोरे पनि आफूहरुको जनमत यथावत रहेको एमालेको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?