काठमाडौं । आफूहरुले मत नपाए पनि जनाधार बलियो रहेको दाबी गर्दै आइरहेको नेकपा एमालेले २०७४ को जति सिट जित्न नसक्ने संकेत देखिएको छ ।
२०७४ सालमा २९४ स्थानमा जितेर स्थानीय तहमा पहिलो बनेको नेकपा एमालेले यसपटक बल्लबल्ल २०० प्लस स्थानमा जित हासिल गर्ने देखिएको छ ।
अहिलेसम्म ७५३ मध्ये ७ सय भन्दा बढी स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसो हुँदा नेकपा एमालेले हालसम्म १९० स्थानमा जित हासिल गरेको छ भने १६ स्थानमा अग्रता कायम गरेको छ । यता उपमेयरमा २१८ स्थानीय तहमा जित हासिल गरेको छ भने हालसम्म १३ स्थानमा अग्रता कायम गरेको छ ।
त्यसो त पार्टी विभाजन, गठबन्धन र एमालेको आन्तरिक कारणले गर्दा पनि नेकपा एमालेको सिट घटेको कतिपयको बुझाइ रहेको छ । नेकपा एमालेले गठबन्धनका कारण आफूहरुले हार व्यहोर्नुपरेको बताउँदै आफूहरुको जनमत नघटेको समेत बताइरहेको छ । तर गठबनधन मात्रै भन्दा पनि पार्टी विभाजन र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटन र देशभर स्थानीय तहका जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसारको काम गर्न नसकेका कारण सिट संख्या घटेको हो ।
हाल रहेको १९० स्थानमा जितिसकेको र अग्रता कायम रहेको बाँकी १६ स्थानमा पनि जितेमा एमालेको सिट संख्या २०६ स्थानमा जित हासिल गर्ने देखिन्छ । त्यसो हुँदा ०७४ को भन्दा ९० स्थानीय तहको सिट गुम्ने देखिएको छ ।
६ वटा महानगरमा पनि एमालेको प्रस्तुती कमजोर देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया