चितवन । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।
आइतबार बिहानको मतपरिणामअनुसार दाहालले एमालेका उम्मदवार विजय सुवेदीसँग ७३८८ मतको अग्रता बनाएकी हुन् ।
हालसम्म भरतपुर महानगरपालिकामा ८९ हजार ४०८ मतगणना सकिएको छ ।
प्राप्त मतपरिणामअनुसार दाहालले ३५०४९ मत पाउँदा विजय सुवेदीले २७६६१ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११८२३ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३७२७३ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २१८८३मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया