१ हालसम्म करिब ७ सय पालिकाको मतपरिणाम सार्वजनिक, ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित, सबैभन्दा धेरै पालिकामा जित हासिल गर्नेमा नेपाली कांग्रेस पहिलो, दोस्रोमा एमाले र तेस्रोमा माओवादी
२ विराटनगर महानगरपालिकासहित ६ वटा उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक, विराटनगरमा कांग्रेस विजयी, अन्य ३ महानगरमा पनि गठबन्धन नै अगाडि
३ काठमाडौं महानगरमा ५० प्रतिशतभन्दा बढी मत गणना सकियो, बालेन साहको अग्रता कायमै, स्वतन्त्र उम्मेदवारको मतलाई लिएर विभिन्न विश्लेषण
४ भरतपुरमा फराकिलो मतान्तरसहित रेनु दाहालको अग्रता, ५ महानगर र ५ उपमहानगरको मत गणना जारी, अधिकांशमा गठबन्धनको अग्रता
५ स्थानीय तह निर्वाचनमा प्रमुख पदमा पुरुषकै बाहुल्यता, दलहरुले पूरा गरेनन् समानताको नारा, महिलाको अधिकार खुम्चियो
६ स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रति मतदाता आकर्षित, महानगर, उपमहानगरलगायत अन्य स्थानीय तहमा उलेख्य मत
७ चौरजहारी नगरपालिकामा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई हराउँदै बादी समुदायकै पहिलो मेयर पुष्प बादी, आफूले विभेद भोगेको भए पनि अब जनप्रतिनिधिको रुपमा सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता
८ प्रधानमन्त्री शेरबहादुर देउवा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबीच भेटवार्ता, विकास निर्माणका काममा प्रदेशलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीको आग्रह
९ पार्टीको जनमत नघटेको नेकपा एमालेकी सचिव पद्मा अर्यालको दाबी, गठबन्धन ले एमालेलाई हराएर कमजोर पार्न लिएको रणनीति सफल नभएको भनाइ
१० पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमण पुष्टि, १२ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या १४८ जना
११ बलात्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्नेलगायत माग
१२ रुसले रोक्यो फिनल्याण्डको ग्यास आपूर्ति, भुक्तानीसम्बन्धी विवादका कारण, रुसद्वारा शनिबारदेखि फिनल्याण्डतर्फको आपूर्ति बन्द
१३ झण्डै दुई सातापछि श्रीलंकामा संकटकाल हट्यो, शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयद्वारा जानकारी
१४ महिला टी–२० सिरिजअन्तर्गत नेपालको दोस्रो जित, अघिल्लो तीन खेल लगातार जितेर उपाधि भने युगान्डाले हात पार्यो
१५ र म्यानचेस्टर सिटीका मिडफिल्डर फोडेन लगातार दोस्रो वर्ष प्रिमियर लिगको उत्कृष्ट युवा खेलाडी घोषित, अन्य सात खेलाडीलाई पछि पार्दै लगातार दोश्रो पटक बने उत्कृष्ट खेलाडी
https://www.facebook.com/lokpathnepal/videos/752488819497432
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया