गठबन्धनलाई पाखा लगाउँदै सुनवल नगरमा एमाले मेयर र उपमेयरमा विजयी

लोकपथ
560
Shares

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । गठबन्धनलाई पछि पार्दै नेकपा एमालेकी बिमला अर्यालले नगर प्रमुख र सूर्यप्रसाद दुवेले उपप्रमुख पदमा आफ्नो स्थान सुरक्षित बनाएका छन् ।

एमालेकी अर्यालले ९०८ मतको फराकिलो अन्तरले विजयी भएकी हुन् । यस्तै दुवेले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई ४ हजार ९ सय ८ को मत अन्तरले जित हात पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?