वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ठूलो मतान्तरसहित नेकपा एमालेबाट मेयरका उम्मेदवार विजयकुमार सरावगी पछि परेका छन् ।
हालसम्म सरावगीले ५ हजार ६ सय ३५ मत प्राप्त गरेका छन् भने उनलाई ६ हजार ३ सय ६० मतान्तरसहित पछि पार्दै गठबन्धन (जसपा)का उम्मेदवार राजेशमान सिंह अगाडि छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका गिरीश गिरीले हालसम्म ४५९ मत प्राप्त गरेका छन् ।
यता उपमेयरमा पनि गठबन्धन (नेपाली कांग्रेस) का उम्मेदवार इम्तियाज आलमले ८ हजार ४ सय ७२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
त्यसैगरी उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार पुरुषोतमलाल झाले १ हजार ४ सय ७ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया