काठमाडौं महानगर-७ मा पनि बालेनको सुरुवाती अग्रता, १०० गन्दा ४८ मत प्राप्त

लोकपथ
1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ७ को मतगणना जारी रहेको छ । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवाती अग्रता कायम गरेका छन् ।

प्राप्त जानकारीअनुसार १०० मत गन्दा बालेनको पक्षमा ४८ भोट प्राप्त भएको छ । त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशव स्थापितले ८ मत मात्रै पाएका छन् भने सिर्जना सिंहले २१ मत प्राप्त गरेकी छिन् ।

हालसम्म बालेनले १६ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी स्थापितले ८ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५ सय ११२ मत प्राप्त गरेकी छिन् ।

यता उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले १५ हजार ६ सय ७४ मत प्राप्त गरेकी छिन् ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?