काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा धमाधम आउने क्रम जारी रहेको छ । निर्वाचन सम्पन्न भएको ४ दिन बितिसक्ता धेरै स्थानका मत परिणाम आइरहेको छ भने केही स्थानको परिणाम आउन बाँकी छ ।
यस्तो छ प्रदेशको अवस्था :
प्रदेश १ :

प्रदेश १ मा नेपाली कांग्रेस ३६ ठाँउमा विजयी भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले १९ ठाँउमा विजयी भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र १२ ठाँउमा विजयी भएको छ । अन्य २ ठाँउमा विजयी भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी १ ठाँउमा विजयी विजयी भएको छ । जनता समाजवादी पार्टी, नेपाल १ ठाँउमा विजयी भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भने प्रदेश १ मा खाता खोल्न सकेको छैन ।
मधेस प्रदेश :

मधेस प्रदेशमा पनि नेपाली कांग्रेस ७ ठाँउमा विजयी हुँदै विजयी हुनेको अग्र स्थानमा रहेको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेले ५ ठाँउमा जित हात पारेको छ । जनता समाजवादी पार्टी, नेपालले २ स्थानमा जित स्निीचित गरेको छ ।
साथै, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले २ स्थानमा जित हात पारेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले खाता खोल्न सकेको छैन ।
बागमती प्रदेश :

बागमती प्रदेशमा पनि नेपाली कांग्रेसको नै अग्रता कायमै रहेको छ । बागमती प्रदेशमा कांग्रेसले २१ स्थानमा जित हात पारेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले ८ठाँउमा जित दर्ता गराएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ७ स्थानमा जित हासिल गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले कुनै पनि ठाँउमा जित हात पार्न सकेका छैनन् ।
गण्डकी प्रदेश :

गण्डकी प्रदेशमा भने नेपाल कम्युनिष्ट पार्टी एमालेले २७ स्थानमा जित हात पार्दै अग्र स्थानमा रहेको छ । नेपाली कांग्रेसले १९ स्थानमा जित हात पारेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ६ ठाँउमा जित दर्ता गराएको छ ।
अन्य दलहरुले १ स्थानमा जित हात पारेका छन् । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जितको खाता खोल्न सकेका छैनन् ।
लुम्बिनी प्रदेश :

यता लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले १९ स्थानमा जित हात पारेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले १८ स्थानमा जित हात पारेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेले १० ठाँउमा जित दर्ता गराएको छ ।
अन्य दलले १ स्थानमा जितेको छ भने, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले जित हात पार्न सकेका छैनन् ।
कर्णाली प्रदेश :

कर्णाली प्रदेशमा पनि नेपाली कांग्रेस १८ स्थानमा जित हात पारेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले १४ ठाँउमा जितको उत्सव मनाएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेले भने ६ ठाँउमा मात्रै जित हात पार्दै आफ्नो विरासत गुमाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले ३ स्थानमा जित दर्ता गराएको छ । अन्य दलहरुले २ स्थानमा विजयी भएका छन् भने, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जितको खाता खोलेका छैनन् ।
सुदूरपश्चिम प्रदेश :

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले २१ ठाँउमा जित दर्ता गराएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेले १८ स्थानमा जित हासिल गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ११ ठाँउमा आफ्नो स्थान सुरक्षित गराएको छ ।
अन्य दलले १ स्थानमा जित हात पारेको छ भने नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले कुनै पनि स्थानमा जित दर्ता गर्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया