बालेनले १० हजार मत ल्याउदा विवेकशील साझाकी समीक्षाको ७८ मत

लोकपथ
917
Shares

काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा रन्जु दर्शनाले निकै हलचल मच्चाएकी थिइन् । उनले काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएकी थिइन् । उनले २३ हजार ४ सय मत ल्याएकी थिइन् ।

त्यतीबेला सामाजिक सञ्जाल लगायत सबै ठाँउमा उनको निकै चर्चा थियो । तर अहिलेको स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीको सोही हैसियत नभएको स्पस्ट देख्न सकिन्छ । विवेकशील साझा पार्टीबाट यसपटक मेयर पदमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाको निर्वाचन अघि लोकप्रियता देखिएको भए पनि यसपटक जनताले उनी र उनको पार्टीलाई त्यती पत्ताएका छैनन् ।

बास्कोटाले पछिल्लो मत परिणम अपडेट अनुसार ७८ मत ल्याएकी छिन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले १० हजार ८ सय ९९ मत ल्याउदै काठमाडौं महानगरपालिकाको मेयरमा अग्रता बनाइरहेका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले ५ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ५ हजार ७४ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?