प्लेअफमा स्थान बनाएको गुजरातले चेन्नईलाई हरायो

लोकपथ
245
Shares

काठमाडौं । प्लेअफमा स्थान बनाइसकेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा साबिक विजेता चेन्नई सुपर किङ्सलाई सात विकेटले पराजित गरेका छ ।

मुम्बईको भएको खेलमा चेन्नईले दिएको १३४ रनको लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

गुजरातको जितमा ओपनर रिद्धिमान शाहले सर्वाधिक ६७ रन बनाए । यस्तै, म्याथु वाइडले २०, सुभमन गिलले १८ र डेभिड मिलरले १५ रन जोडे ।

चेन्नईका मथिसा पथिरानाले दुई विकेट लिँदा मोइन अलिले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३३ रनको योगफल तयार पारेको थियो । चेन्नईका ओपनर रितुराज गैकवाडले सर्वाधिक ५३ रन बनाएका थिए । यस्तै, नारायन जगदिशनले ३९ र मोइन अलिले २१ रन जोडेका थिए ।

गुजरातका मोहम्मद सामीले दुई विकेट लिँदा राशिद खान, अल्जारी जोसेफ र रविश्रिनिवासन साई किशोरले समान एक विकेट लिएका थिए ।

जितसँगै १३ खेलबाट २० अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । गुजरातले प्ले अफमा स्थान बनाइसकेको छ ।

यस्तै, समान खेलबाट आठ अंक जोडेको चेन्नई तालिकाका नवौं स्थानमा छ । चेन्नईको प्ले अफ सम्भावना यसअघि नै समाप्त भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?