१) पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका १५ प्रमुखसहित १० उपप्रमुखमा विजयी, कांग्रसका ९ प्रमुखसहित १४ उपप्रमुखमा विजयी , त्यस्तै, माओवादी ८ प्रमुखसहित ४ उपप्रमुखमा विजयी र नेकपा एकृकित २ प्रमुख र २ उपप्रमुखमा विजयी
२) देशको पहिलो महानगरपालिका काठमाडौं र सबैको चासो रहेको भरतपुर महानगरपालिकाको मत गणना जारी, मतपरिणमलाई लिएर आआफ्नै अनुमान, उम्मेदवारका समर्थकहरुको सामाजिक सञ्जालदेखी मतगणना स्थलसम्म जुहारी
३) ६ वटा महानगरपालिकासहित ११ ओटा उप महानगरपालिकाको मतगणना जारी, मतपत्र गणनाको क्रममा केही स्थानमा स्थिगितसँगै पुनह मत गणना सञ्चालन
४) सत्ता गठबन्धनले १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको नेकपा एमालेको आरोप, उक्त स्थानमा पुनः मतदानको माग
५) भोट नहालेको भन्दै जुम्ला कांग्रेसका उम्मेदवार रुपबहादुर रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट, कुटपिट पछि प्रहरी कार्यालयमा उजुरी, घाइतेको उपचार हुँदै
६) समान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना कार्यलाई ढिलाई गर्ने प्रयास भएकोमा निर्वाचन आयोगले जनायो आपत्ति, मतगणना कार्य सम्पन्न गर्न असर परेको ठहर
७) नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान वडासदस्यमै पराजित, श्रीमानलाई जिल्ला समन्वय समितिको सभापति बनाउने अर्यालको सपना अधुरै
८) नेपालको निर्वाचन इतिहासमा पहिलोपटक निर्वाचन आयोगले थाल्यो मतगणनास्थलको अनलाइनबाटै अनुगमन, प्रत्यक मतगणनास्थलमा राखिएका सीसीटिभीमार्फत तथ्यांक प्रवृष्ट
९) पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा विरोध प्रर्दशन, मूल्यवृद्धि तत्काल खारेज गर्न माग
१०) काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा एक हप्ता भन्दा बढी समयदेखि उठेन फोहोर, चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएपछि शहर दुर्गन्धित
११) सरकारको निर्णय अनुसार आइतबार अस्पतालहरुको ओपिटी सेवा बन्द, वीर अस्पताल लगाएत ८ अस्पताल भने विदामा पनि सेवा दिने
१२) अमेरिकाको न्युयोर्कस्थित सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु, तीन जना घाइते, १८ वर्षीय युवकलाई पक्राउ, घटनाबारे अनुसन्धान हुँदै
१३) उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु, कोभिड संक्रमण बढ्न थालेपछि देशव्यापी लकडाउनको घोषणा
१४) जर्मन बुन्डेसलिगामा ३५ गोल गर्दै सर्वाधिक गोलकर्ता बने लेवान्डोस्की, लेवान्डोस्कीले बायर्न म्युनिखसँग नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने
१५) नेपाल ह्विलचेयर क्रिकेट संघको आयोजनामा नेपाल र भारतबीच टी-ट्वान्टी क्रिकेट सिरिज हुने, सिरिज आगामी जुन १० देखि १२ सम्म मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदै
हेर्नुहोस् भिडियो :
https://www.facebook.com/lokpath/videos/525130635732439
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया