पोखरा महानगर : धनराज आचार्यको अग्रता, कृष्णबहादुर थापा ११७ मतले पछाडि

लोकपथ
1k
Shares

काठमाडौं । पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट मेयर पदका उम्मेदवार धनराज आचार्य अग्र स्थानमा रहेका छन् । आचार्यले हालसम्म ९ सय २३ मतका साथ अग्रस्थानमा छन् ।

आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले ८०६ मत ल्याएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले १४८ मत पाएका छन् । चर्चामा रहेका स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले हालसम्म ५२ मत पाएका छन् ।

यता, उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २८ मत ल्याएर अग्र स्थानमा रहेकी छिन् । नेपाल कम्युनिष्ट पार्टी एमालेकी मञ्जुदेवी गुरुङ ९०४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी रन्जनाकुमारी सेन पौडेलले ५ कत पाएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?