ललितपुर । ललितपुर महानगरमा गठबन्धन (नेपाली कांग्रेस) का उम्मेदवार चिरिबाबु महर्जनले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।
महर्जनले उनका निकटतम प्रतिद्धन्दी हरिकृष्ण व्यन्जनकारलाई ४७५ मतले अगाडी रहेका छन् ।
यो समाचार तयार पार्दासम्म महर्जनले ८७७ मत प्राप्त गरेका छन् । भने उनका प्रतिद्धन्दी व्यन्जनकारले ४०२ मत मात्र प्राप्त गरेका छन् ।
यता उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले उछिनेकी छिन् । उनले ४४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार बाबुराजा बज्राचार्यले २६७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका अष्टबहादुर महर्जनले ३५ मत प्राप्त गरेका छन् भने उपमेयरमा स्वर्णिम शाक्यले शुन्य मत प्राप्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया