नेपाली टेबलटेनिस टिम फाइनलमा

लोकपथ
105
Shares

काठमाडौं । माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबलटेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ ।

नेपाली क्याडेट महिला टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।

नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?