१३ औँ सागकी स्वर्ण विजेता सन्जु मृत अवस्थामा फेला

लोकपथ
1k
Shares

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत अवस्थामा फेला परेकी छिन् ।

सन्जु ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा मृत भेटिएकी हुन् । उनी प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी थिइन् ।

उनी बस्दै आएकी कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले जानकारी दिए ।

‘घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको जस्तो देखिएको छ हामी थप अनुसन्धान गर्दै छौंँ ।’ उनले भने ।

चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् ।

उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?