मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

लोकपथ
238
Shares

रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुर्घटना हुँदा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढाको मृत्यु रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आुसन्धान गरीरहेको छ । ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?