काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय १६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा सङ्क्रमणपुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्मण मुक्त हुनेको संख्या ९ लाख ६६ हजार ७६८ पुगेको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्य नभएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या शून्य भएको जिल्लाको संख्या ३० पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या २०५ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया