उम्मेदवारको मुख होइन चुनावचिह्न रुखलाई हेरेर मतदान गरौँ : महामन्त्री शर्मा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिकाकेन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

उनले जो–जो व्यक्ति भएको भएपनि रुख चिह्न लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए । उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरु लागिरहेको पनि बताए ।

महामन्त्री शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए । उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे । काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई विस्थापित गरेर विद्युतीय गाडी विस्तार गरिने पनि उनको भनाइ छ ।

महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिँदै मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिए । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रुपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?