काठमाडौं । सरकारले घोषणा गरेको नवौँ राष्ट्रिय प्रतियोगिता आउन अब डेढ महिना मात्र बाँकी छ । कोरोनाको बहानामा रोकिएको प्रतियोगिता आयोजना हुनु आफैँमा राम्रो पक्ष हो ।
तर हतारमा प्रतियोगिता आयोजना गरिनुले प्रतियोगिता आयोजनामा मात्र सीमित हुने हो कि भन्नेमा कतिपयको शंका छ । मिति तोकिए पनि जिल्ला, प्रदेश हुँदै खेलाडी छनोटमा अझै रौनकता आउन सकेको छैन । यस्तो अवस्थामा प्रतियोगिता आयोजना हुँदा राष्ट्रिय खेलकुदको लक्ष्य प्राप्त गर्न कठिन हुनेमा कतिपयको आशंका छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ अदालतको फैसलापछि कार्यभारमा फर्किएसँगै खेलकुद गतिविधि चलायमान हुने निश्चित भएको छ । नवौँ रािष्ट्रय खेलकुदको मिति युवा तथा खेलकुद मन्त्रीसँगको समन्वयमा मन्त्रपरिषदबाट सार्वजनिक भइसक्दा खेलकुदको माहोल बन्ने देखिएको हो । मिति तोकिएपछि सदस्य सचिव टंकलाल घिसिङ खेलकुदमा होमिन आह्वान नै गरेका छन् ।
प्रतियोगिता जेठ २२ देखि २८ नवौ राष्ट्रिय खेलकुदको मितिमा हुँदै छ । राष्ट्रिय गौरवको प्रतियोगिता आयोजना गर्दा जिल्ला, प्रदेश हुँदै खेलाडी छनोट हुने प्रावधान छ । तर हतारका आयोजना गरिन लागिएको प्रतियोगिातमा खेलाडीको छनोट प्रक्रिया कस्तो हुने अझै नै अन्योल छ ।
आयोजना हुने मिति घोषणा भए पनि समय सिमा भने निकै छोटो भएको खेल सरोकारवाको टिप्पणी छ । यद्यपि पटक–पटक धकेलिएको प्रतियोगिता हुने सुखद पक्ष भएको हो । आर्थिक लगानीका हिसावले समेत महत्वकांक्षी रहेको राष्ट्रिय प्रतियोगिता हतारमा गरिँदा वास्तविक खेलाडी ओझेलमा पर्नसक्ने चिन्ता समेत खेल सरोकारवालाहरुको छ ।
गौरवकै रुपमा हेरिने राष्ट्रिय प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधारदेखि मौसम पनि निकै महत्वपूर्ण हुन्छ । जेठ अन्तिम सातालाई तोकिएको समय वर्षायामको सुरुआत हुँदा हुनेछ । जुन आयोजनाका लागि आयोजकलाई अर्को चुनौती छ । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको राष्ट्रिय प्रतियोगिता सहभागी हुने खेलाडको व्यग्र प्रतीक्षा समाप्त भएको छ ।
तर प्रस्तावित मिति राष्ट्रिय खेलकुदका लागि कति उपयुक्त थियो भनेर खेलकुद मन्त्रालय र राखेप वस्तुगत समीक्षामा भने चुकेका छन् । जेठको अन्तिम सातादेखि नेपालमा मनसुन सुरु हुन्छ । पोखरा नेपालमै सबैभन्दा धेरै वर्षा हुने स्थान भएको कारणले पनि प्रतियोगितामा प्रत्यक्ष असर पर्न सक्नेछ । राष्ट्रिय खेलकुद गण्डकीमा भने पनि अधिकांश खेल पोखरा र आसपासमा नै हुनेछन् ।
मौसमका अलावा घोषित मितिमा फुटबल र क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुँदै छन् । क्रिकेट टिमले ओमान र अमेरिकासँग अमेरिकामा त्रिकोणात्मक श्रृंखला खेल्दै छ भने फुटबल टिमले एएफसी एसियन कप छनोट तेस्रो चरणमा कुवेत, जोर्डन र इण्डोनेसियासँग कुवेतमा खल्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया