साइकल लेनहरुमा अवरोध नै अवरोध (फोटोफिचर)

लोकपथ
105
Shares

ललितपुर । साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको देखिन्छ ।

ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल,झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ ।

निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यस प्रकारको अव्यबस्थाले साइकल यात्रीहरुलाई निरुत्साही बनाएको छ ।

साइकलको सवारी तर्फ उच्च वर्गको रुचि बदलिदै गए पनि यस प्रकारको अवरोधले पुनः धुवाँ फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउदै जाने छ । यसै विषयलाई केन्द्रमा राखेर ललितपुर महानगरपालिका भित्र साइकल लेन बनाइएको बिभिन्न क्षेत्रमा पुगेर खिचेका तस्बिरहरु आजको फोटो फिचरमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?