वीरगञ्ज । भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ डकाहा टोल बस्ने २८ वर्षीय सागर सिंजाली मगरको बुधबार राति साढे ११ बजे भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो ।
दुधौरा खोलामा माछा मारेर फर्कने क्रममा बुधबार राति साढे ११ बजे उनलाई गोली लागेको थियो । खोलामै रहेको सिरु घारीमा जंगली जनवारको शिकारको लागि थापेको भरुवा बन्दुकको पासोमा परेपछि बन्दुक पड्किएको उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ भने बन्दुक कसको हो, पासोमै परेर उनको मृत्यु भएको हो वा कसैले पड्काएको हो ?
भन्ने बारेमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया