गठबन्धनबारे छलफल गर्न कैलाली कांग्रेसले बोलायो बैठक

लोकपथ
70
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलालीको बैठक भोलि बस्दै छ ।

बैठकमा निर्वाचनमा पाँचदलीय गठबन्धन आवश्यक पर्ने वा नपर्ने भन्ने बारे व्यापक छलफल गरी निर्णय गरिने जनाइएको छ ।

जिल्लाबाट खटाइएका जिल्ला प्रतिनिधिहरुले आफ्नो लिखित प्रतिवेदनसहित बैठकमा सहभागी हुन पार्टीले पत्र पठाई जानकारी गराएको छ । मंगलबार ११ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा जिल्लाका पदाधिकारी, जिल्ला सदस्य, भातृ एवं शुभेच्छुक संघ संस्थाका प्रमुख र जिल्ला कार्य समितिले खटाएका प्रतिनिधीहरुसँग छलफल गर्ने सचिव केशव मिश्रले बताए ।

छलफलबाट स्थानीय तहमा पाँचदलीय गठबन्धन गर्ने वा नगर्नेबारे निर्णय लगिने उनले बताए । यद्यपि जिल्ला कार्य समितिले १३ वटै स्थानीय तहबाट गठबन्धनबारे सुझाव संकलनको कार्यलाई जारी राखेको । धनगढी उपमहानगरपालिकासहित केही स्थानीय तहले गठबन्धन गर्न सुझाव दिए पनि अधिकांश स्थानीय तहमा गठबन्धन नगर्न सुझाव आएको जनाइएको छ ।

कांग्रेस केन्द्रीय समितिले ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सक्ने’ निर्णय गरेभन्दा अघिबाटै कैलालीमा कांग्रेसले यस विषयमा नेता कार्यकर्तासँग परामर्श थालेका थियो ।

चैत्र २ गते निर्णय गर्दै ६ गते जिल्ला पार्टीले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला समिति सदस्यहरूलाई पत्र पठाइएको थियो ।

१३ गतेदेखि २० गतेसम्म घर दैलो अभियान गरिएको र आज जिल्ला कार्यसमिति बैठकमा प्रतिवेदन पेस गरिनेछ ।

सबैबाट आएको सुझावको आधारमा २२ गतेको जिल्ला समिति बैठकले निर्णय गर्ने र केन्द्रलाई उक्त जानकारी पठाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?