कर्णालीविरुद्ध सुदूरपश्चिमले दियो १७७ रनको लक्ष्य

लोकपथ
28
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आजको खेलमा कर्णाली याक्सविरुद्ध १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको हो ।

सैफ जैबले ३५ रन बनाए । २४ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे । विनोद भण्डारीले २७ रन बनाए । यी दुईले सुरुआतमै ६८ रनको अर्धशतकीय साझेदारी गर्दै टोलीलाई बलियो सुरुआत दिलाए । उनीहरुको जोडी जमेपछि पावर प्लेमै सुदूरपश्चिमले ६३ रन बनाएको थियो ।

ब्रान्डन म्याकमुलेनले २४ रन बनाए । इशान पाण्डेले २३, थरिन्दु रथनायकेले २२, अविजित रहेका स्कट कुगेलेइन १३, आरिफ शेखले ११ र कप्तान दीपेन्द्र ऐरीले १० रन बनाए ।

कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए । त्यसैगरी, नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?