काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियालाई जितका लागि १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो ।
नेपालका लागी सन्दीप लामिछाने र करण केसीले २ विकेट कुशल मल्लले दिपेन्द्र सिंह ऐरी अविनास बोहराले १ विकेट लिए ।
शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो ।
पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ ।
पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो । तालिकामा दुबै टोलीको दुई अंक छ ।
नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया