आजको मौसम- प्रदेश १ र गण्डकीमा वर्षाकाे सम्भावना

लोकपथ
28
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । पूर्वी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साेमबार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?