सरकारले गर्यो २०७९ सालमा दिइने बिदासम्बन्धी निर्णय, कहिले केको बिदा ? (सूचीसहित)

लोकपथ
630
Shares

सरकारले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने बिदासम्बन्धी निर्णय गरेको छ । गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समय समेत निर्धारण गर्ने निर्णय गरिएको छ ।
नयाँ वर्षको दिन वैशख १ गते, उभौलि पर्वको अवसरमा जेठ २ गते, रक्षा बन्धनको दिन साउन २७ गते, श्रीकृष्ण जन्माष्टमीको दिन भदौ ४ गते, घटनास्थपनाका दिन असोज १० गते, छठ पर्व कात्तिक १३ गते सार्वजनिक बिदा हुनेछ ।
यसैगरी किरात समूदायको उभौलि, योमरीपूर्णिमालगायतको अवसरमा मंसिर २२ गते, क्रिसमय डेको दिन पुस १० गते, माघीको दिन माघ १ गते, सोनाम लोसार माघ ८ गते, महाशिवरात्रि फागुन ६ गते, ग्याल्पो लोसार फागुन ९ गते, बकर इदका दिन, होलिका दिन फागुन २२ गते पहाडी जिल्ला र तराईमा फागुन २३ गते सार्वजनिक बिदा हुनेछ ।

यसबाहेक क्षेत्र विशेषका लागि गाईजात्रा, गौरा पर्व, मोहम्मद जयन्तीसिरुवा पावनीको अवसरमा पनि बिदा हुनेछ । यसैगरी महिला कर्मचारीका लागि तीजको दिन, जितिया पर्वको बिदा हुनेछ भने बसन्त पञ्चमीको दिन माघ १२ गते शिक्षण संस्था बिदा हुनेछ ।

यसैगरी उपत्यकाको हकमा गाईजात्रा, इन्द्रजात्रा, मत्येन्द्रनाथको रथ देखाउने जात्रा र घोडेजात्राको दिन बिदा हुनेछ भने दशैँ बिदा असोज १६ देखि २१ गते र तिहार बिदा कात्तिक ७ र ८ , ९ र १० गते हुनेछ ।
बिदासम्बन्धी सूचना विस्तृतमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?