‘एमसीसी पारित गर्न हाम्रो पार्टीको अडान नै राष्ट्रिय अडान बन्यो’ (पूर्णपाठ)

लोकपथ
98
Shares
z’esfdgf ;Gb]z lbFb} g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न आफ्नो पार्टीले लिएको अडान राष्ट्रिय अडान बन्न पुगेको बताएका छन् ।

बुधबार पार्टीको पोलिट्ब्युरो समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले एमसीसी ‘व्याख्यात्मक घोषणासहित’पारित गर्नु आफ्नाे पार्टीकाे मुख्य भूमिका रहेकाे समेत दाबी गरेका छन् ।

‘हाम्रो पार्टीले उक्त कम्प्याक्टमा भएका कतिपय गलत र दोहोरो अर्थ लाग्ने विषयहरुको बारेमा स्पष्ट निरुपण नगरी अनुमोदन गर्न हुँदैन भनेर निर्णयसहित दृढ अडान लियो, हाम्रो पार्टीको अडान नै हाम्रो राष्ट्रिय अडान बन्यो’ अध्यक्ष नेपालले भनेका छन् ।

उनले आफूहरूले साथ नदिएको भए नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमसीसी सम्झौता पारित गर्ने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको समेत बताए ।

एमसीसीको विपक्षमा रहेको भए सत्तारुढ गठबन्धन तोडेर कांग्रेस र एमालेले एमसीसी जस्ताको तस्तै पारित गर्ने, आफूहरुको १४ सांसदलाई कारबाही गर्ने र पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताएका हुन् ।

अध्यक्ष नेपालले भनेका छन्, ‘यदि हामीले यसो नगरेको भए नेका र एमाले मिलेर पाँचदलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गर्नेगरी कांग्रेस र एमाले मिलेर एमसीसी जस्ताको तस्तै अनुमोदन गर्ने तयारीमा थिए ।’

उनले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टार्न सफल भएकाे बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?