हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान प्रदेश १ र मधेश प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । यस्तै अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
तर दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया