कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
42
Shares

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको दैनिक बुलेटिन अनुसार सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतयाः मौसम सफा रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?