माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भएको टी–२० विश्वकप ग्लोवल छनौट अन्तर्गत क्यानडाविरुद्ध भएको क्रिकेट प्रतियोगितामा विजयी भएको नेपाली टोलीलाई बधाई दिएका छन् । आजको जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
यस अवसरमा प्रचण्डले सम्पूर्ण नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् ।
प्रचण्डले सामाजिक सञ्जालमार्फत अब हुने सेमिफाइनलमा पनि आफ्नो शानदार जित निकालेर विश्वकपको यात्रा तय गर्न सफलताको शुभकामना समेत दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया