रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

लोकपथ
119
Shares

काठमाडौं । विश्वका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

बिहीबार एक भिडियो सन्देश जारी गर्दै ४१ वर्षीय रोनाल्डोले सन्यासको घोषणा गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गर्न सफल भएका थिए । पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत रोनाल्डो हुन् ।

रोनाल्डोको यो घोषणाले उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवन अन्त्यतिर पुगेको छ ।

उनले सन् २००३ बाट पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेका थिए । रोनाल्डोको नेतृत्व र उत्कृष्ट प्रदर्शनकै कारण पोर्चुगलले सन् २०१६ मा युरोपेली फुटबल च्याम्पियनसिपको उपाधी हाल पारेको थियो । यसैगरी सन् २०१९ मा पहिलोपटक युइएफए नेसन्स लिगको उपाधी जित्दा पनि रोनाल्डो टोलीका प्रमुख खेलाडी रहेका थिए ।

आफ्नो खेल जीवनमा रोनाल्डोले पाँच पटक बालेन डी’आर जिते भने क्लबबाट खेल्दा पनि उनले असाधारण सफलता हासिल गरे । रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड तथा युभेन्टस जस्ता युरोपकै ठूला क्लबबाट खेलेका थिए भने अहिले साउदी अरेबियाको अल नासरमा आवद्ध रहेका छन् ।
रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरे पनि क्लब फुटबलबाट भने सन्यासको घोषणा गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?