नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो । फागुन महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी उनीहरुको सरुवा गर्ने निर्णय गरेको प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।
सरुवामा पर्ने एसपीहरुमा कमल थापा, कृष्ण बहादुर पल्ली मगर, केदार खनाल, गंगा पन्त, गोपाल भट्टराई, गोविन्द थपलिया, डा मनोजकुमार केसी छन् । यस्तै तुल बहादुर कार्की, दयानिधी ज्ञवाली, दान बहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाल पनि सरुवा भएका छन् ।
निर्णयानुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखामा कार्यरत थापा सीआईबीमा सरुवा भएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा सरुवा भएका छन् ।
यस्तै गंगा पन्त केन्द्रीय अनुसन्धान ब्युरोबाट काठमाडौं उपत्यका प्रहरी तालिम शाखामा सरुवा भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया